Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

घोषणापत्र बिनै निर्वाचनमा होमिए दल, घोषणापत्रमा भनेअनुसार त कहिल्यै भएन (खासखबर)

घोषणापत्र बिनै निर्वाचनमा होमिए दल, घोषणापत्रमा भनेअनुसार त कहिल्यै भएन (खासखबर)

  • बुधवार, आश्विन २६ २०७९

  • 509
    SHARES

  • घोषणापत्र बिनै निर्वाचनमा होमिए दल, घोषणापत्रमा भनेअनुसार त कहिल्यै भएन (खासखबर)

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएका दलहरुले हालसम्म घोषणापत्र तयार पार्न सकेका छैनन् । विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्ति समेतले उम्मेदवारी दर्ता गराइसकेका छन् । तर, आजसम्म मतदाताले कुनै पनि पार्टी तथा उम्मेदवारका घोषणापत्र पढ्न वा सुन्न पाएका छैनन् । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनसँगै उम्मेदवार र राजनीतिक पार्टीहरू घरदैलो, भेटघाट, सभा–सम्मेलन र सामाजिक सञ्जालमार्फत भोट माग्न थालिसकेका छन् । तर उनीहरूको हातमा जनतासमक्ष ‘यो काम गर्छु’ भन्ने लिखित दस्ताबेज छैन । एमालेको समर्थन पाएका बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले अबको तीन-चार दिनभित्र घोषणापत्र सार्वजनिक गर्ने बताउनुभयो ।

    एमालेले चुनावी घोषणापत्र निर्माण गर्न अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कार्यदल बनाएको छ । कार्यदलले दसैँअघि सार्वजनिक गर्ने भनेको घोषणापत्र अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार, घोषणापत्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ, केही दिनभित्रै सार्वजनिक हुनेछ ।

    नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति बनाएको छ । घोषणापत्र नभए पनि कांग्रेसका पुराना प्रतिबद्धता तथा कार्यक्रमकै आधारमा पनि नेताहरू जनतामाझ गएको नेता मीन विश्वकर्माको भनाइ छ । कांग्रेस पुरानै पार्टी र परिचित पार्टी भएकोले जनतामाझ जाँदा समस्या नहुने र अबको एकहप्ता भित्र घोषणापत्र आइसक्ने विश्वकर्माको भनाइ छ ।

    नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं शहरी विकास मन्त्री मेटमणि चौधरीले जनताका माझमा जाँदा घोषणापत्रले खासै असर नगरेको बताउनुभयो । उहाँले अबको केही दिनमा घोषणापत्र सार्वजनिक हुने बताउनुभयो ।

    नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेर घोषणापत्र निर्माण गरिरहेको छ । जनप्रतिनिधि छान्ने जुनसुकै निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले आफ््नो नीति, योजना तथा कार्यक्रमलाई घोषणापत्रका रूपमा सार्वजनिक गर्छन् । जसको घोषणापत्र उत्कृष्ट लाग्छ, उसैलाई मतदाताले मतदान गर्छन् भन्ने मान्यता रहँदै आएको छ । लोकतान्त्रिक परिपाटीमा दल तथा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्ने, जसको घोषणापत्र ठीक लाग्छ जनताले उसैलाई मतदान दिने र घोषणापत्र बमोजिम नगर्ने जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउनुपर्ने व्यवस्था हुनु आवश्यक छ ।

     


    बुधवार, आश्विन २६ २०७९०७:२४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij