काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यले काठमाडौं क्षेत्र नम्बर ५ का सचेत मतदाताले सही नेतृत्व चयन गर्ने बताउनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ का सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेललाई शुभकामना दिँदै आचार्यले यस्तो बताउनुभएको छ ।
सोही क्षेत्रका पूर्वसांसद समेत रहेका आचार्यले पौडेललाई शुभकामना दिँदै आम विवेकशील, निष्ठावान र सचेत मतदाताले नेतृत्व सम्पने विश्वास व्यक्त गर्नुभयो ।
‘काठमाडौं क्षेत्र नम्बर ५ का आम नागरिक विवेकशील, निष्ठावान र सचेत छन् । परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित यस क्षेत्रका बासिन्दाले नेतृत्व सुम्पने छन् भन्ने कुरामा विश्वस्त छु’, पौडेलले भन्नुभयो।
आचार्यले जनचाहना अनुरुप स्थानीय , राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैँ नागरिकको पक्षमा अडिग रहेर काम गर्न पनि पौडेललाई सुझाव दिनुभयो।