Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नेकपा राष्ट्रिय एकता अभियानले कसैलाई पनि समर्थन नगर्ने

नेकपा राष्ट्रिय एकता अभियानले कसैलाई पनि समर्थन नगर्ने

  • बुधवार, आश्विन २६ २०७९

  • 693
    SHARES

  • नेकपा राष्ट्रिय एकता अभियानले कसैलाई पनि समर्थन नगर्ने

    काठमाडौं । वामपन्थी नेता तथा नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफ्नो पार्टीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताउनुभएको छ ।

    नेता गौतमले एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरूलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न भन्दै कुनैपनि पार्टीलाई समर्थन गर्ने नीति नरहेको बताउनुभएको हो ।

    गौतमले सत्ता र विपक्षी दुवै गठबन्धनले बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावना विरुद्ध भएको भन्दै उनीहरुका क्रियाकलापले नेपालको संविधानको अक्षर र भावनाको खिल्ली उडाएको बताउनुभएको छ ।

    ‘ उपरोक्त परिस्थिति र आफ्नो अवस्थालाई ध्यानमा राखेर हामी पार्टीका नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तकहरुलाई स्वविवेक प्रयोग गरी मतदान गर्न अनुरोध गर्दछौं’, गौतमले भन्नुभयो, ‘यसरी मतदान गर्नुपूर्व स्थानीय तहका जनतालाई गोलबन्द गरी सम्बन्धित जिल्ला र क्षेत्रको निर्माण र विकास सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित उमेदवारलाई लिखित रुपमा प्रतिबद्ध गराउने कामको अगुवाई गर्नु हुने छ ।’

    गौतमले त्यसो गर्दा पार्टीका नेता–कार्यकताहरुले कुनै उमेदवारबाट व्यक्तिगत स्वार्थ पूरा गर्ने वा कुनै लेनदेनको कार्य नगर्न समेत आव्हान गर्नुभएको छ ।


    बुधवार, आश्विन २६ २०७९१२:५४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij