Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपाका मन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्ने तयारी

जसपाका मन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्ने तयारी

  • मंगलवार, आश्विन २५ २०७९

  • 556
    SHARES

  • जसपाका मन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्ने तयारी

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीले आजै राजीनामा नदिए बर्खास्त गर्नु हुने भएको छ ।

    गठबन्धनका शीर्ष नेताहरुसँगको परामर्शपछि जसपाका मन्त्रीहरुसँग राजीनामा मागिएको हो ।

    जसपाका एक मन्त्रीले राजीनामा नदिए बर्खास्त हुने नरम भाषा प्रयोग गरिएको बतानउनुभयो । जसपाबाट राजेन्द्र श्रेष्ठ, इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रसिंह यादव मन्त्री छन् ।

    जसपालाई सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि सरकारबाट मन्त्री हटाउन दबाब छ । तर, जसपाका सहअध्यक्ष एवं मन्त्री श्रेष्ठले भने आफूहरु सत्ता गठबन्धनमै रहेको र एमालेसँग आंशिक ठाउँमा चुनावी तालमेलमात्र भएको बताउनुभयो ।

    श्रेष्ठले आफूहरु पाँच दलीय गठबन्धनको साझा न्यूनतम कार्यक्रममार्फत सरकारमा गएको र त्यसमा प्रतिबद्ध रहेकाले सरकारबाट हट्ने कुरा नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले बर्खास्त गरे अलग कुरा हुने भन्दै आफूहरु एजेण्डाका आधारमा पाँच दलमै रहेको दाबी गर्नुभयो ।


    मंगलवार, आश्विन २५ २०७९०२:१७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij