Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

विप्लव नेकपाको महाधिवेशन आजदेखि सुरु

विप्लव नेकपाको महाधिवेशन आजदेखि सुरु

  • मंगलवार, आश्विन २५ २०७९

  • 448
    SHARES

  • विप्लव नेकपाको महाधिवेशन आजदेखि सुरु

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ ।

    काठमाडौँमा हुने भनिएको महाधिवेसनको मिति र स्थान परिवर्तन गर्दै नेकपाले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो ।

    महाधिवेशनको उद्घाटन नेकपाका महासचिव विप्लवले मध्यान्ह् १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।

    तीन वर्षअघि शान्ति प्रक्रियामा आएका नेकपाको पार्टी विभाजन भएपछि पहिलो पटक नयाँ रणनीति तय गर्न महाधिवेशन हुन लागेको हो । महाधिवेशनले आगामी मङ्सिरमा हुने निर्वाचनका वारेमा धारणा सार्वजनिक गर्ने जनाइएको छ ।


    मंगलवार, आश्विन २५ २०७९०८:५४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij