काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
उहाँले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दिन ओली आफै दमक पुग्नुभएको थियो । यो क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले उम्मेदवारी दिनुभएको छ ।
यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अध्यक्ष नेपालले रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।