Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता जारी

निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता जारी

  • आइतवार, आश्विन २३ २०७९

  • 341
    SHARES

  • निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता जारी

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।

    प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ । उम्मेदवारहरु मनोनयन दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगिसकेका छन् ।

    प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

    यसैगरी, उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता छ ।

     


    आइतवार, आश्विन २३ २०७९११:१८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij