Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

म उम्मेदवार बनिन : सभामुख सापकोटा

म उम्मेदवार बनिन : सभामुख सापकोटा

  • शनिवार, आश्विन २२ २०७९

  • 425
    SHARES

  • म उम्मेदवार बनिन : सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।

    मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गर्नुभएको हो। २०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएका सापकोटा २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद बन्नुभएको थियो ।

    यो पटक पनि उहाँ टिकटको आकांक्षी हुनुहुन्थ्यो। माओवादीले सापकोटासँगै माधव सापकोटाको नाम सिफारिस गरेको थियो । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत पनि क्षेत्र नम्बर १ कै टिकटका आकांक्षी हुनुहुन्थ्यो ।

    सापकोटा र बस्नेतकै कारण सिन्धुपाल्चोकको टिकट बाँडफाँट सत्ता गठबन्धनका नेताहरुका लागि कठिन बनेको थियो । अहिले सिन्धुपाल्चोक १ माओवादी केन्द्र र २ कांग्रेसको भागमा परेको छ ।

    तर सापकोटाले चुनाव नलड्ने घोषणा गर्नुभएको छ। बुधबार पत्रकार सम्मेलन गरी उहाँले भन्नुभएको छ, ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः प्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।’


    शनिवार, आश्विन २२ २०७९०२:४१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij