Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

  • शुक्रवार, आश्विन २१ २०७९

  • 558
    SHARES

  • सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँडको निर्णय गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

    नेताहरूका अनुसार आज सहमति गर्ने गरी छलफलको तयारी भएको छ । केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बैठकमा सिट बाँडफाँड कार्यदलका सदस्य र शीर्ष नेताहरू सहभागी हुनेछन् ।

    कार्यदलस्तरमा गठबन्धनले सिटका बारेमा छलफल गर्न लागेको २ महिना बितिसकेको छ । नेताहरू सिट बाँडफाँडका बारेमा आज बिहान सहमतिमा हस्ताक्षर गर्ने भन्दै हिजोको बैठकबाट उठेका थिए ।

    पाँच दलमा प्रदेशसभातर्फको सिट बाँडफाँटमा कुरा मिल्न नसकेको बताइएको छ । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १ सय ६५ र प्रदेश सभाको ३ सय ३० को उम्मेदवार मनोनयनको समय निर्वाचन आयोगले पर्सिका लागि तय गरेको छ ।


    शुक्रवार, आश्विन २१ २०७९०८:५७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij