Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

व्यवस्थामाथि संकट कायमै छ : रामचन्द्र पौडेल

व्यवस्थामाथि संकट कायमै छ : रामचन्द्र पौडेल

  • सोमवार, आश्विन १७ २०७९

  • 320
    SHARES

  • व्यवस्थामाथि संकट कायमै छ :  रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थामाथि संकट कायमै रहेको बताउनुभएको छ ।

    दशैंको अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अहिले पनि संकट कायम रहेको बताउनुभएको हो ।

    ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ । पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो’ उहाँले भन्नुभएको छ ।

    उहाँले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गर्नुभएको छ ।


    सोमवार, आश्विन १७ २०७९११:४७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij