काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सूचीमा नराखेको भन्दै मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिनुभएको छ । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उहाँले गुनासो गर्नुभएको छ।
‘म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो । कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत बेवास्ता गर्यो ,’ शनिबार निकालेको विज्ञप्तिमा उहाँले उल्लेख गर्नुभएको छ ।
अपाङ्ग भएका व्यक्तिको कुरै नसुनी राजनीति रुपमा बेइमानी गरिएकाले सूचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख पद राजीनामा दिएको उहाँले घोषणा गर्नुभएको छ । संविधानले दिएको अधिकारलाई पार्टीले हनन गरेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।