Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट थप तीन जनाले ज्यान गुमाए

कोरोनाबाट थप तीन जनाले ज्यान गुमाए

  • बुधवार, भाद्र १७ २०७७

  • 1.1K
    SHARES

  • कोरोनाबाट थप तीन जनाले ज्यान गुमाए

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । रूपन्देहीमा दुई र वीरगन्जमा एक गरी तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिनुभएको छ ।

    नवलपरासी पश्चिम, रामग्राम–५ की उनलाई मधुमेह, उच्चरक्तचाप र श्वासप्रश्वासमा समस्या भएको थियो ।

    खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी उनलाई त्यहाँ आइसियु बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो ।

    रुपन्देहीमै उपचाररत अर्का एकजना कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा–११ की ६० वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

    उच्चरक्तचापकी बिरामी ती महिलाको आइसियुमा राखेर उपचार भइरहेका बेला आज मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।

    त्यस्तै, वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको सम्रौनगढ नगरपालिका–९ बस बरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो । मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो ।

    उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

    गत भदौ १२ गते स्वाब संकलन गरिएकोे दुई दिनपछि उनको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै उनलाई भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

     


    बुधवार, भाद्र १७ २०७७१२:२२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij