Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राजश्व परामर्श विकास समिति गठन आदेश खारेज, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

राजश्व परामर्श विकास समिति गठन आदेश खारेज, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

  • बुधवार, आश्विन १२ २०७९

  • 682
    SHARES

  • राजश्व परामर्श विकास समिति गठन आदेश खारेज, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
    काठमाडौं । सरकारले नेपाल  राजश्व परामर्श विकास समिति गठन आदेश–२०७६ लाई खारेज गर्ने निर्णय गरेको छ । आज सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै उक्त निर्णय भएको जानकारी दिनुभयो । 
     
    त्यसैगरी मन्त्रिपरिषद्को बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानुन सदस्य पदमा कानुन तथा न्याय संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
     
    बैठकले कास्की जिल्लास्थित करुवा सेती जलविद्युत् आयोजना (३२ मेगावाट) निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो । 
     
    यसका साथै मन्त्रिपरिषद्को बैठकले गोर्खा जिल्लास्थित मध्यपुर–सुपर–दरौदी खोला जलविद्युत् आयोजना (१० मेगावाट) निर्माणका लागिसमेत राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने निर्णय गरेको छ ।
     
    बैठकले केचना–कञ्चनजंघा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
     


    बुधवार, आश्विन १२ २०७९०५:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij