Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री आज नेपाल आउँदै

अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री आज नेपाल आउँदै

  • बुधवार, आश्विन १२ २०७९

  • 290
    SHARES

  • अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री आज नेपाल आउँदै

    काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल आउँदै हुनुहुन्छ ।

    अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रडो नेपाल आउन लागेको’ उल्लेख गरेको छ ।

    नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । उहाँ विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हो ।

    चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । उहाँ नेपालपछि संयुक्त अरब इमिरेट्स जाने तय भएको छ । त्यसपछि मध्य एसियाका उज्वेकिस्तान र किर्किस्तान जाने योजना रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।


    बुधवार, आश्विन १२ २०७९०९:१४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij