Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

चुनावमा टिकटको आकांक्षा राख्नेहरुलाई धैर्य गर्न प्रकाशमानको आग्रह

चुनावमा टिकटको आकांक्षा राख्नेहरुलाई धैर्य गर्न प्रकाशमानको आग्रह

  • सोमवार, आश्विन १० २०७९

  • 437
    SHARES

  • चुनावमा टिकटको आकांक्षा राख्नेहरुलाई धैर्य गर्न प्रकाशमानको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा टिकटको आकांक्षा राख्नेहरुलाई राजनीतिमा धैर्य गर्न आग्रह गर्नुभएको छ ।

    नेपाली कांग्रेसको सूर्यविनायक नगर कार्यसमिति भक्तपुरले आज आयोजना गरेको कार्यक्रममा उनले राजनीतिमा कर्म गर्नासाथ फल प्राप्त नहुने भन्दै धैर्य गर्न आग्रह गरेका हुन् । धैर्य गर्न संस्थापक नेताहरुबाट सिक्न उहाँले आग्रह गर्नुभयो।

    ‘सिट सीमित छ, आकांक्षा धेरैको छ’, उनले भने, ‘राजनीतिमा कर्म गर्नासाथ फल प्राप्त हुँदैन भन्ने कुरा धैर्य गर्न संस्थापक नेताहरुको जीवनीबाट सिक्नुपर्छ ।’

    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले राजनीति विशुद्ध सेवा हो भन्ने बुझाउन अभियान थाल्ने बताउनुभयो।

     


    सोमवार, आश्विन १० २०७९०५:२५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij