काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना सबैले गर्नुपर्ने बताउनुभएको छ । अहिले संविधानमाथि सबैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको उहाँले बताउनुभयो ।
आज नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले नागरिकता विधेयक प्रमाणीकरणमा अल्मल्याएर संविधानलाई नै कमजोर बनाउन खोजिएको टिप्पणी गर्नुभयो ।
संविधान कमजोर हुँदा लोकतान्त्रिक गणतन्त्र पनि कमजोर हुने उहाँको भनाई छ ।उहाँले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता विधेयक कुनै बहानामा रोकिएमा ठूलो असमन्ज्यता देखिने उल्लेख गर्नुभयो ।
विधेयक प्रमाणीकरणमा अवरोध गरिनु असंवैधानिक कदम भएको उहाँले उल्लेख गर्नुभयो । गठबन्धनलाई नेपाली कांग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको जनअधिकार संकटमा पर्ने खाणले तर्क गर्नुभयो ।
लोकतन्त्रको बहाली र सुदृढीकरणको लागि कांग्रेसको अग्रसरतामा गठबन्धन गरिएको उहाँको भनाई थियो ।