काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने इच्छा रहेको बताउनु भएको छ ।
तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा पौडेलले भन्न्ुभयो, ‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ ।’ आगामी मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने बताउँदै उहाँले सहयोग गर्न कार्यक्रमका सहभागीहरुलाई आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई भेटेर देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा पौडेलले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी तयारी गर्न आह्वान गर्नुभयो। गठबन्धन देशको आवश्यकता हो भन्दै उनले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धनलाई सफल बनाउनुपर्ने बताउनुभयो।