काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । सिट बाँडफाँटका बारेमा सत्ता गठबन्धनले दिनहुँ जसो छलफल गरे पनि निर्णयमा पुग्न नेताहरूलाई समस्या भएको छ ।
गठबन्धनमा रहेका ५ दलका नेताहरूका आआफ्नै अडानका कारण सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो ।
प्रदेश र प्रतिनिधि सभाको चुनावको लागि सिट बाँडफाँट गर्न भन्दै दलका शिर्ष नेताहरू छलफलमा बसे पनि निश्कर्षमा पुग्न भने सकेका छैनन् । तर छलफल सकारात्मक भएको नेताहरूको दाबी छ ।