Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा परेको रिटमाथि सुनुवाइ आज

नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा परेको रिटमाथि सुनुवाइ आज

  • आइतवार, आश्विन ९ २०७९

  • 426
    SHARES

  • नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा परेको रिटमाथि सुनुवाइ आज

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नभएको सम्बन्धमा परेको रिटको सुनुवाइ आज हुने भएको छ

    आजका लागि पेशी तोकिएको भए पनि समय भने निर्धारण भइसकेको छैन । यसअघि शुक्रवारका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सुनुवाइ सरेको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको १५ दिनको समयावधिमा नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै ५ वटा रिट दर्ता भएका छन् । अधिवक्ताहरू सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गराएका थिए ।

    बिहान साढे १० बजे सार्वजनिक गरिने पेशी सूचीमा नागरिकतासम्बन्धी विधेयक कसको इजलासमा परेको छ भन्ने थाहा हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताउनुभयो ।


    आइतवार, आश्विन ९ २०७९०९:००:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij