Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

  • शनिवार, आश्विन ८ २०७९

  • 542
    SHARES

  • सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ ।

    यसअघि हिजो दिनभर छलफल भएपनि सहमति जुटेको थिएन । बालुवाटारमा बसेको बैठकमा दलहरु पुरानै अडानमा रहेपछि सहमति हुन नसकेको हो । सहमति खोज्ने प्रयासलाई जारी राख्ने भन्दै नेताहरुले आज फेरि बैठक बस्न लागेको हो ।

    गठबन्धनका नेताहरुले प्रतिनिधि सभाअन्तर्गत देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिटमा कुरा मिलिसकेको दाबी गरेका छन् ।
    प्रदेश सभाका ३३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीका सिटमा सहमति जुटिसकेको दाबी गठबन्धनका नेताहरुको छ ।


    शनिवार, आश्विन ८ २०७९०८:२३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij