Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिविरुद्ध परेका रिटको आजै सुनुवाइ हुने सम्भावना कम

राष्ट्रपतिविरुद्ध परेका रिटको आजै सुनुवाइ हुने सम्भावना कम

  • शुक्रवार, आश्विन ७ २०७९

  • 290
    SHARES

  • राष्ट्रपतिविरुद्ध परेका रिटको आजै सुनुवाइ हुने सम्भावना कम

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरु न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेका छन् । नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्चमा दर्ता भएका निवेदनहरु न्यायाधीश शर्माको इजलासमा परेका हुन् ।

    पाँच फरक रिट निवेदनहरु एकसाथ डा. शर्माको एकल इजलासमा पेशी तोकिएको हो । ३० वटाभन्दा पछि पालो परेकाले निवेदनहरुको सुनुवाइ हुने सम्भावना कम छ ।

    राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाविपरीत प्रमाणीकरण नगरेपछि अधिवक्ता सुनीलरञ्जन सिंह, अधिवक्ता सागर बराल, अधिवक्ता सुनीलकुमार यादव, मोरङका देव शर्मालगायतले परमादेश माग गर्दै रिट निवेदन दायर गरेका थिए । संघीय संसद्को दुवै सभाबाट पारित भएर २० भदौमा शीतलनिवास पुगेको विधेयक ४ असोजसम्म प्रमाणीकरण गर्नुपर्ने समयसीमा थियो ।

    २९ साउनमा संविधानको धारा १३३ (३) को अधिकार प्रयोग गरेर राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि पठाएको विधेयकमा आफ्नो सन्देशको सम्बोधन नभएको भन्दै दोस्रोपटक आएको विधेयकलाई प्रमाणीकरण नगरेपछि यो विवाद न्यायालय पुगेको हो ।


    शुक्रवार, आश्विन ७ २०७९१२:०९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij