Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ

नेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ

  • शुक्रवार, आश्विन ७ २०७९

  • 540
    SHARES

  • नेकपा बहुमतका नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ
    काठमाडौं । जाजरकोट प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक नेतालाई पेस्तोल र ग्रिनेडसहित पक्राउ गरेको छ । 
     
    नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन)लाई पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परिएको जाजरकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिनुभयो । 
     
    नलगाड नगरपालिका– ६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एचजी लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड बरामद भएको  डीएसपी सन्तोषकुमार निरौलाले जानकारी दिनुभयो ।
     
    पक्राउ परेका शाहीविरुद्ध जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
     
    यता, नेकपा (बहुमत) जाजरकोटले भने योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको आरोप लगाएको छ । पक्राउ परेका शाहीलाई बिनासर्त रिहाइ गर्न नेकपा बहुमतका जिल्ला इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ले माग गरेका छन् । 
     


    शुक्रवार, आश्विन ७ २०७९११:३७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij