Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयकमा राष्ट्रिपतिको निर्णयविरुद्ध सत्तारुढ दल विद्यार्थी संगठनको प्रदर्शन

नागरिकता विधेयकमा राष्ट्रिपतिको निर्णयविरुद्ध सत्तारुढ दल विद्यार्थी संगठनको प्रदर्शन

  • बिहिवार, आश्विन ६ २०७९

  • 256
    SHARES

  • नागरिकता विधेयकमा राष्ट्रिपतिको निर्णयविरुद्ध सत्तारुढ दल विद्यार्थी संगठनको प्रदर्शन

    काठमाडौं । राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

    नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्ने काम असंवैधानिक भएको भन्दै उनीहरुले आज काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

    संघीय संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको समेत आरोप उनीहरुले लगाएका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रियताका बिषयमा राजनीतिकरण गर्न खोजिएको बताउनुभयो । उहाँले एमालेका भातृसंगठनहरुले राष्ट्रिय झण्डा दुरुपयोग गरेको भन्दै यस्तो नगर्न खबरदारी समेत गर्नुभयो ।

    त्यस्तै अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले शितल निवासबाट संविधान च्यात्ने षडयन्त्र भइरहेको भन्दै खबरदारी गर्नका लागि विद्यार्थीहरु सडकमा आउनुपरको धारणा राख्नुभयो।
    त्यस्तै नेकपा एकीकृत समाजवादी निकटअनेरास्ववियुले मुलुकमा संवैधानिक व्यवस्थालाई कायम राख्न देशभक्तहरु एकजुट हुनुपर्ने बेला आएको बताएको छ ।


    बिहिवार, आश्विन ६ २०७९०२:०२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij