काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापा र रमण कुमार श्रेष्ठले राष्ट्रपतिविरुद्ध सर्वोच्च अदालत जान सत्ता गठबन्धनलाई सुझाव दिनुभएको छ ।
असार २८ को फैसलामै अदालतले राष्ट्रपतिका असंवैधानिक कामको न्यायिक परीक्षण हुने भनिसकेकाले सोही बमोजिम अर्को परमादेश माग्न सकिने सुझाव दिनुभएको हो ।
गठबन्धनका शीर्ष नेतासँग छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थापा र श्रेष्ठले राष्ट्रपतिबाट संविधान उल्लंघन भएको सन्दर्भमा अदालतबाट व्याख्या गराउन सकिने सुझाव दिएको बताइएको छ ।
शीर्ष नेतासहित गृह र कानूनमन्त्री समेत सहभागी छलफलमा राय दिएर शम्भु थापा र रमण श्रेष्ठ बालुवाटारबाट बाहिरिनुभएको छ ।
राष्ट्रपतिबाट संविधानको समय सीमाभित्र नागरिकता विधेयक प्रमाणीकरण नभएपछि स्वतः राजपत्रमा प्रकाशित गरेर कानूनका रूपमा लागु गर्न सकिने सुझाव समेत गठबन्धनका नेताहरूलाई दिइएको छ ।