Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा कानूनविद्हरु बोलाइयो, आगामी प्रक्रियाबारे राय लिइँदै

बालुवाटारमा कानूनविद्हरु बोलाइयो, आगामी प्रक्रियाबारे राय लिइँदै

  • बुधवार, आश्विन ५ २०७९

  • 456
    SHARES

  • बालुवाटारमा कानूनविद्हरु बोलाइयो, आगामी प्रक्रियाबारे राय लिइँदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ ।

    त्यसका लागि अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएको छ । राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ ।

    राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिन लागेको हो ।


    नागरिकता विधेयक स्वतः प्रमाणीकरण भएको मान्ने वा राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने विषयमा कानुनविद्को राय लिन लागिएको बुझिएको छ । कानुनविद्हरुको रायका आधारमा गठबन्धनले थप बनाउने नेताहरुको भनाइ छ ।


    बुधवार, आश्विन ५ २०७९०२:३५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij