Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु 

नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु 

  • बुधवार, आश्विन ५ २०७९

  • 328
    SHARES

  • नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु 
    काठमाडौं । नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुरु भएको छ ।  बुधबार(आज)बाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक सुरु भएको हो । 
     
    बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाईको पानी छोड्नेबारे, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोसी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ ।
     
    त्यस्तै कोसी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोसी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ । नेपालबाट भारत बहने अन्य नदीहरूको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा  नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ ।
     
    नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरूका बारेमा  छलफल हुनेछ ।  


    बुधवार, आश्विन ५ २०७९१२:३२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij