Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डेंगी नियन्त्रणलाई सरकारले प्राथमिकता नदिएको गगन थापाको गुनासो

डेंगी नियन्त्रणलाई सरकारले प्राथमिकता नदिएको गगन थापाको गुनासो

  • मंगलवार, आश्विन ४ २०७९

  • 398
    SHARES

  • डेंगी नियन्त्रणलाई सरकारले प्राथमिकता नदिएको गगन थापाको गुनासो
    काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगी नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । कोरोना महामारीबाट सिकेर सरकारले आवश्यक तयारी नगरेकोमा उहाँको असन्तुष्टि थियो ।
     
    मंगलबार(आज)बाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले स्थानीय सरकारले समेत डेंगी महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गर्नुभयो ।
     
    कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरूको भने निर्माण गर्न नसकेको उहाँको भनाइ थियो ।
     
    काठमाडौंमा सीमित रहेको डेंगी रोग देशभर फैलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
     
     


    मंगलवार, आश्विन ४ २०७९०७:३०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij