Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको समानुपातिकतर्फको ४८ राजनीतिक दलले बुझाए बन्दसूची

प्रतिनिधि सभाको समानुपातिकतर्फको ४८ राजनीतिक दलले बुझाए बन्दसूची

  • मंगलवार, आश्विन ४ २०७९

  • 421
    SHARES

  • प्रतिनिधि सभाको समानुपातिकतर्फको ४८ राजनीतिक दलले बुझाए बन्दसूची

    काठमाडौं । आगामी मङ्सिर ४ मा हुने निर्वाचन अन्तर्गत ४८ राजनीतिक दलले प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची पेस गरेका छन् ।
    गएराति अबेरसम्म राजनीतिक दलले आआफ्नो पार्टीको बन्दसूची बुझाएको र आज दिनभरमा रुजु गरिने निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका अनुसार प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन निवेदन दिएका ६८ मध्ये ४८ दलले मात्रै समानुपातिकको बन्दसूची पेस गरेका हुन् । यस हिसाबले १ सय १० सांसद समानुपातिक रूपमा छानिने छन् ।

    प्रदेश नम्बर १ मा ५५ निर्वाचनमा सहभागी हुन निवेदन दिएकोमा ३६ राजनीतिक दलले समानुपातिकको बन्दसूची बुझाएका छन् । प्रदेश १ बाट ३७ जना सांसद समानुपातिक हुने छन् भने मधेस प्रदेशमा ३६ दलले बन्दसूची बुझाउँदा त्यहाँबाट ४३ सांसद समानुपातिकका हुने छन् ।

    बागमती प्रदेशमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२ कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ राजनीतिक दलले समानुपातिकतर्फकको बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । आयोगले हिजो र अस्ति समानुपातिकको बन्दसूची बुझाउने समय दिएको थियो ।


    मंगलवार, आश्विन ४ २०७९०८:५४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij