Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपत्यकाको ढलमा कोरोना भाइरस !

उपत्यकाको ढलमा कोरोना भाइरस !

  • शनिवार, आषाढ २० २०७७

  • 764
    SHARES

  • उपत्यकाको ढलमा कोरोना भाइरस !

    काठमाडौं । संक्रमितको सम्पर्कमा नगएका र ट्राभल हिस्ट्री नभएका व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि नेपालमा विज्ञहरुले थप अध्ययन र अनुसन्धान थालेका छन् ।

    काठमाडौं उपत्यकाको ढलमा गरिएको पछिल्लो अध्ययनले कोभिड १९ को भाइरस ढलमा पनि रहेको फेला परेको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ भाइरस फेला परेको हो ।

    सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।

    उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् । नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको कर्माचार्यले बताउनुभयो ।

    नेपालमा पनि कोरोना संक्रमणको दर तिव्र गतिमा बढ्दै गएको छ । ढलको स्याम्पल ल्याएर अनुसन्धान गर्दा कोभिड १९ को भाइरस रहेको फेला परेको उहाँले बताउनुभयो । यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको प्रष्ट्याएको डा. कर्मचार्य बताउनुभयो ।

    उहाँका अनुसार यो अध्ययनलाई आधार मानेर ढलमा संक्रमण देखिएको क्षेत्रको मानिसमध्येबाट जोखिम समूह छ्ट्याएर परीक्षण गर्न सकिन्छ । त्यो गर्दा उपत्यकाका सबै ठाउँका सबै मानिसको परीक्षण गर्न जरुरी नहुने डा. कर्माचार्यको भनाइ छ । प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको उहाँले बताउनुभयो । उहाँले अझै धेरै ठाउँको ढलको नमुना परीक्षण गरेर विस्तृत अध्ययन गर्ने बताउनुभएको छ ।


    शनिवार, आषाढ २० २०७७१२:४०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij