Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको अन्तिम बैठक आज बस्दै

प्रतिनिधि सभाको अन्तिम बैठक आज बस्दै

  • शनिवार, आश्विन १ २०७९

  • 341
    SHARES

  • प्रतिनिधि सभाको अन्तिम बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको ११ औँ अधिवेशनको अन्तिम बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आज राति १२ बजेदेखि ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपति कार्यालयबाट आएको पत्र बढेर सुनाउने कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ११ औँ अधिवेशनको छलफल र उपलब्धिका बारेमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा जानकारी गराउनुहुनेछ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आज मध्येरातिदेखि संसद बैठक अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशस भाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समयभन्दा अघि प्रतिनिधि सभाको कार्यकाल सकिने व्याख्या निर्वाचन आयोगले यसअघि नै गरेको थियो ।

    बन्दसूची बुझाउनका लागि आयोगले भोलि र पर्सिको समय तोकेको छ ।

     


    शनिवार, आश्विन १ २०७९०८:५६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij