Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै

बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै

  • शनिवार, आश्विन १ २०७९

  • 387
    SHARES

  • बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै

    काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन आज बेलायत प्रस्थान गर्दै हुनुहुन्छ ।

    बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उहाँ बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बेलायतको राजधानी लण्डन पुगेर उनले महारानीलाई श्रद्धाञ्जलि दिने र ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

    भदौ २३ गते निधन भएकी महारानी एलिजाबेथको अन्तयेष्टि असोज ३ गते हुँदैछ। नेपालको पहिलो दैत्य सम्बन्ध कायम भएको मुलुक बेलायतकी महारानीको निधन भएपछि नेपाल सरकारले शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय झण्डा आधा झुकाएको थियो।

    महारानीको निधन भएसँगै उनका जेठा छोरा, प्रिन्स चार्ल्स, नयाँ राजा बनेका छन्। बकिंघम दरबारमा राजाको स्वागत समारोह तथा विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा पनि मन्त्री खड्का सहभागी हुनेछन्।

    उहाँ असोज ५ गते स्वदेश फर्किनुहुने छ ।


    शनिवार, आश्विन १ २०७९०८:३०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij