Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै

  • शनिवार, आश्विन १ २०७९

  • 380
    SHARES

  • महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै

    काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्नेछ । महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले आजको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने बताउनुभएको छ ।

    उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई अन्तिम रुप दिइने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरूले त्यसलाई हेरिरहेको जानकारी दिनुभयो ।

    जबराको सम्पत्ति विवरणको सम्बन्धमा आज प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उहाँको भनाइ छ ।

     


    शनिवार, आश्विन १ २०७९०६:५१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij