Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै,सेती प्रादेशिक अस्पतालमा भर्ना

डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै,सेती प्रादेशिक अस्पतालमा भर्ना

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 467
    SHARES

  • डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै,सेती प्रादेशिक अस्पतालमा भर्ना

    काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै २० औँ सत्याग्रह बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

    धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

    पाँचौँ दिनको अनशन जारी रहँदा स्वास्थ्य जटिल बनेपछि भेटघाट बन्द गरिएको छ । अत्यावश्यकबाहेक अन्य भेटघाट बन्द गरिएको उनका सहयोगी डाक्टर अमृत जैसीले जानकारी दिनुभयो ।

    औषधि लिन नमानेका कारण केसीको स्वास्थ्य बिग्रिँदै गएको हो। उहाँले ७ बुँदे माग राखेका राख्नुभएको छ ।

    स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसार क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी हुनुपर्ने, सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरिनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरिनुपर्ने, चिकित्सा शिक्षा ऐनबमोजिम विसं.२०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरूलाई गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन गरिनुपर्ने र विद्युतीय गाडीहरूको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकता साथ अविलम्ब कानुनी व्यवस्था गरिनुपर्ने माग उहाँले अघि सार्नुभएको थियो ।


    शुक्रवार, भाद्र ३१ २०७९०१:१८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij