Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चोलेन्द्रको बयानमा हस्ताक्षर गराउन शुरु, ७ घण्टा समय लाग्ने

चोलेन्द्रको बयानमा हस्ताक्षर गराउन शुरु, ७ घण्टा समय लाग्ने

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 558
    SHARES

  • चोलेन्द्रको बयानमा हस्ताक्षर गराउन शुरु, ७ घण्टा समय लाग्ने

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराउन शुरु गरेको छ । १७४ पेज लामो बयानमा हस्ताक्षर गराउन शुरु गरिएको हो ।

    समितिका एक सदस्यकाअनुसार हस्ताक्षर गराउन ७ घण्टाभन्दा बढी समय लाग्नेछ । नेकपा एमालेको माग अनुसार पूरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ । जबरालाई पूरक प्रश्न सोध्ने तयारी हुँदैगर्दा एमाले सांसदहरूले रोकेका थिए ।

    सुरुमा विगतमा चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग एमाले सांसदहरूको माग थियो । सोहीअनुसार प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले विगतको बयानमा जबरालाई हस्ताक्षर गराउन शुरु गरेको हो ।


    शुक्रवार, भाद्र ३१ २०७९१२:५३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij