Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

समानुपातिकमा लहर, शीर्ष नेताका घर भरिभराउ

समानुपातिकमा लहर, शीर्ष नेताका घर भरिभराउ

  • बिहिवार, भाद्र ३० २०७९

  • 482
    SHARES

  • समानुपातिकमा लहर, शीर्ष नेताका घर भरिभराउ

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक नै ६ दिन रोकेर समानुपातिक तर्फका आ आफ्ना पार्टीका उम्मेदवार छान्न व्यस्त छन् ।

    गठबन्धनको बैठक रोकेर उनीहरु आआफ्नो पार्टीका संसदीय समितिका बैठक र छलफलमा केन्द्रीत भएका हुन् ।

    त्यसक्रममा कांग्रेस र माओवादीले बुधबार नै बैठक राखेर समानुपातिक उम्मेदवारका मापदण्ड तय गरेका छन् । साउन २१ गते नै कार्यदल बनाएर सिट बाँडफाँट गर्न तम्सिएका सत्ता घटक दलले झण्डै डेढ महिनासम्म छलफल गरेपनि सिटमा अस्वभाविक दावी नछोडेपछि सहमतिमा पुग्न सकेका थिएनन् ।

    भदौ २८ बालुवाटारमा बसेको गठबन्धन बैठकले समेत सहमति जुटाउन नसकेपछि सोही दिनदेखि गठबन्धनको बैठक नै रोकेर आआफ्नो पार्टीका समानुपातिक उम्मेदवार छान्ने गृहकार्यमा लागेका हुन् ।


    सत्तारुढ दल माओवादी केन्द्रले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाएपछि असोज ४ गते गठबन्धन बैठक बसेर सिट भागबण्डा टुंगो लगाउने स्पस्ट पारेको छ । सोहीअनुसार गठबन्धनमा रहेका दलहरु आआफ्नो पार्टीका समानुपातिक तर्फका उम्मेदवार छान्ने आन्तरिक गृहकार्यमा जुटेका छन् ।

    यसैबीच समानुपातिक सूची बुझाउने मिति नजिकिएसँगै नेताहरुको घरमा आकांक्षीहरुको भीडभाड बढेको छ।


    बिहिवार, भाद्र ३० २०७९०३:०७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij