काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । विशेष कारणवश भन्दै प्रतिनिधिसभाको १ बजेका लागि बोलाइएको बैठक भोलीसम्मका लागि स्थगित गरिएको हो ।
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा भोली १ बजे बस्नेगरी अर्को बैठकको समय तय गरिएको उल्लेख छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको थियो ।