Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

मन्त्री यादव जलवायु परिवर्तनसम्बन्धी बैठकमा सहभागी हुन सेनेगल प्रस्थान

मन्त्री यादव जलवायु परिवर्तनसम्बन्धी बैठकमा सहभागी हुन सेनेगल प्रस्थान

  • मंगलवार, भाद्र २८ २०७९

  • 353
    SHARES

  • मन्त्री यादव जलवायु परिवर्तनसम्बन्धी बैठकमा सहभागी हुन सेनेगल प्रस्थान

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देश समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगल प्रस्थान गर्नुभएको छ ।

    बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रस‌ंघीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्नुहुने छ ।

    मन्त्री यादवको सचिवालयका अनुसार तीन दिन सञ्चालन हुने बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किने तय भएको छ ।

     


    मंगलवार, भाद्र २८ २०७९०८:१५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij