Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै

ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै

  • मंगलवार, भाद्र २८ २०७९

  • 389
    SHARES

  • ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै हुनुहुन्छ ।

    उहाँले आज प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

    नयाँ बानेश्वरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ । यस्तै, उहाँले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने तयारी छ ।

    त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ता हुनेछ भने त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उहाँ बालुवाटार जाने तयारी छ । उहाँले भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ भने त्यसअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ ।

    ली पर्सि बिहीवार फर्किनु हुनेछ ।


    मंगलवार, भाद्र २८ २०७९०७:५०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij