Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक आज पनि बस्दै

सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक आज पनि बस्दै

  • सोमवार, भाद्र २७ २०७९

  • 283
    SHARES

  • सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक आज पनि बस्दै

    काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन आज सोमबार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आइतबारको बैठक निष्कर्षविहीन बनेपछि सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठक पुनः बस्न लागेको हो। बैठक सोमबार बिहान ८ बजेका लागि बोलाइएको छ ।

    दलहरुले आ-आफ्नो दाबी नछाडेपछि आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ।

    सोमबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बताए। सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उहाँको भनाइ छ ।

    सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए। तर, कार्यदलले ठोस सहमति जुटाउन नसकेपछि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन शीर्ष नेताहरूलाई नै जिम्मा लगाएको थियो।

    सत्तारुढ पाँच दलमा नेपाली कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको छ भने माओवादी केन्द्रले ६० सिट पाउनु पर्ने अडान लिएको छ। यस्तै, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।

    सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ । सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि अहिल्यै गठबन्धन टुट्ने सम्भावना भने नरहेको नेताहरूको भनाइ छ ।


    सोमवार, भाद्र २७ २०७९०७:११:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij