Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गायक जोसेफको ‘दरबारे माया’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

गायक जोसेफको ‘दरबारे माया’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

  • आइतवार, भाद्र २६ २०७९

  • 767
    SHARES

  • गायक जोसेफको ‘दरबारे माया’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । युवा गायक एवम् संगीतकार जोसेफ शाही ठकुरीको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक भएको छ । उनको आधिकारीक युट्युव च्यानलमा शनिबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

    गीतको शब्द, संगीत जोसेफ आफैले सिर्जना गरेका हुन् । पुरुषोत्तम सुवेदीको संगीत संयोजन र किशोर थापाको ध्वनी सम्पादन रहेको गीत ए–वन म्युजिसीयन स्टुडियोमा रेकर्ड गरिएको हो ।

    भिडियोमा चर्चित मोडल बिना राउत, सुरज मल्ल, भद्र कुँवर, सङ्गकला गौतम र सचिन गौतम लगाएतको अभिनय हेर्न सकिन्छ । बसन्त कुँवरको छायाँकन र टेकेन्द्र शाहको दृश्य सम्पादन रहेको ‘दरबारे माया’ गीतको भिडियो निर्देशन गौरब गिरीले गरेका हुन् ।

    ‘दरबारे माया’ आधुनिक शैलीको देउडा गीत हो । गाउँबाट ठूलो सपना बोकेर शहर छिरेको एकजना सोझो युवा धनाढ्य महिलासँग प्रेममा पर्छ । तर शहरीया प्रेमीकाबाट धोका पाएर सबैथोक गुमाएपछि ऊ गाउँ फर्किन्छ । चोखो माया गर्ने आफुजस्तै इमान्दार केटीसँग घरजम गरेर गाउँमै बस्ने तयारी जुटेको युवाको कथा समेटिएको छ गीतमा ।

    यसअघि गायक जोसेफले गाएको गीत ‘पियारी’ निक्कै रुचाइएको थियो । त्यहि शैलीको तर अलि फरक भावमा प्रस्तुत गरिएको गीत ‘दरबारे माया’लाई फेरी पनि आम स्रोता, दर्शकले मन पराउने अपेक्षा गाएकले लिएका छन् ।

    भिडियो हेर्नुहोस्ः


    आइतवार, भाद्र २६ २०७९०६:५२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij