काठमाडौं । प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज चौंथो दिनको बयान शुरु गरेको छ ।
भदौ १५ गतेबाट शुरु भएको बयान यसअघि तीन दिन चलेको थियो । समितिले तयार पारेका ४३ मध्ये ११ वटा प्रश्नको मात्र जबराले जवाफ दिनुभएको छ । पहिलो दिनको बयानमा व्याख्यात्मक जवाफ दिनुभएका जबरासँग तेस्रो दिनबाट छोटो बयान भइरहेको छ ।
अदालतमा भ्रष्टाचारलाई बढावा दिएको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै चोलेन्द्रविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो । प्रतिनिधि सभाको कार्यकाल सकिनै लाग्दा जबराविरुद्धको महाभियोग प्रक्रियामा गएको हो ।