Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रकाशमानको प्रश्नः दुई वर्ष पार्टी टिकाउन नसक्नेले काम गरेर देखाउलान् ?

प्रकाशमानको प्रश्नः दुई वर्ष पार्टी टिकाउन नसक्नेले काम गरेर देखाउलान् ?

  • शनिवार, भाद्र २५ २०७९

  • 575
    SHARES

  • प्रकाशमानको प्रश्नः दुई वर्ष पार्टी टिकाउन नसक्नेले काम गरेर देखाउलान् ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताउनु भएको छ ।

    शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनु भएको हो ।
    नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्न नहुने बताउनुभयो।

    २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी बन्नुभएको थियो।
    नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताउनुभयो।

    उहाँले जनताको बहुमत पाउँदासमेत कम्युनिष्ट पार्टीहरूले संघीयताका कानुन नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप समेत लगाउनु भएको छ।

    नेता सिंहले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो।

    उहाँले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।


    शनिवार, भाद्र २५ २०७९०२:०७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij