Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बेलायती महारानी एलिजाबेथको निधनमा नेपालमा तीन दिन शोक

बेलायती महारानी एलिजाबेथको निधनमा नेपालमा तीन दिन शोक

  • शनिवार, भाद्र २५ २०७९

  • 347
    SHARES

  • बेलायती महारानी एलिजाबेथको निधनमा नेपालमा तीन दिन शोक

    काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालले तीन दिन शोक मनाउने भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले बेलायती महारानीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो । यस्तै बैठकले तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशमा रहेका नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    बेलायती महारानी एलिजाबेथ द्वितीयाको हिजो बिहीवार राति स्कटल्यान्डको बालमोरल दरबारमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।


    शनिवार, भाद्र २५ २०७९०७:२७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij