Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस रामराम भन्नुपर्ने अवस्थामा आइसक्योः पूर्वराष्ट्रपति यादव

कांग्रेस रामराम भन्नुपर्ने अवस्थामा आइसक्योः पूर्वराष्ट्रपति यादव

  • बिहिवार, भाद्र २३ २०७९

  • 749
    SHARES

  • कांग्रेस रामराम भन्नुपर्ने अवस्थामा आइसक्योः पूर्वराष्ट्रपति यादव

    काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनतामाझ जान पनि दल दलसँग अंशवण्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । 

    बिहीबार (आज) काठमाडौंमा भएको बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताउनुभयो । ‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ । वार्डको टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ,’ उहाँले भन्नुभयो, ‘कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’

    कांग्रेसमा विधि, आदर्शबारे कुरा हुन छाडेको र कांग्रेसका नेता कार्यकर्तामा बीपीको एक गुण पनि नरहेको उहाँले बताउनुभयो । भन्छन्, कांग्रेसीमा त हुनैपर्ने हो, हामी कोहीमा छैन ।’ बीपीको जेल डायरी, बीपीको आत्मवृत्तान्त, राजनीतिबारे बिपीले बोलेका विषयहरु पढ्न फुर्सद कांग्रेसीलाई नरहेको उहाँले बताउनुभयो ।


    बिहिवार, भाद्र २३ २०७९०३:३३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij