Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कार्यदलको बैठक आज पनि बस्दै, शीर्ष नेतालाई प्रतिवेदन बुझाइने

कार्यदलको बैठक आज पनि बस्दै, शीर्ष नेतालाई प्रतिवेदन बुझाइने

  • बिहिवार, भाद्र २३ २०७९

  • 383
    SHARES

  • कार्यदलको बैठक आज पनि बस्दै, शीर्ष नेतालाई प्रतिवेदन बुझाइने

    काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

    आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो ।

    प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

    सिट बाँडफाँट करिब–करिब टुंगिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि संख्या सार्वजनिक गरिने कार्कीको भनाइ छ ।

     

     

     


    बिहिवार, भाद्र २३ २०७९०७:१४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij