Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

  • मंगलवार, भाद्र २१ २०७९

  • 536
    SHARES

  • सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

    काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस भएको छ ।

    मंगलबार बसेको न्यायपरिषद्को बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना अधिवक्ता तथा अध्यापकलाई सिफारिस गरेको हो ।

    गौतम उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश हुन भने शर्मा जनकपुर उच्च अदालतका मुख्य न्यायाधीश हुुनुअुन्छ। त्यसैगरी डीएन पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुनुहुन्छ।

    न्यायपरिषद्को मंगलबारको बैठकले उनीहरूलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषद्का सदस्य तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले बताउनु भएको छ।

    न्यायपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाईले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ ।


    मंगलवार, भाद्र २१ २०७९०७:२६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij