Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

  • मंगलवार, भाद्र २१ २०७९

  • 295
    SHARES

  • गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

    काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज मंगलबार पनि बस्दैछ। कार्यदलका सदस्य रकम चेम्जोङका अनुसार आजको बैठक साँझ ६ बजे बोलाईएको छ ।

    हिजो सोमबार दिनभर बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्ने भएको हो । आज सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

    संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आज नै प्रतिवेदन तयार पारिने उहाँले बताउनुभयो । नेता चेम्जोङले आजसम्म टुंग्याउने गरी सोमबारको बैठक टुंगिएको जानकारी दिँदै सिट बाँडफाँटका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको बताउनुभयो ।


    मंगलवार, भाद्र २१ २०७९०७:१९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij