Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

पर्यटन मन्त्रीले थुनाएका सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्रीको आदेश

पर्यटन मन्त्रीले थुनाएका सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्रीको आदेश

  • सोमवार, भाद्र २० २०७९

  • 462
    SHARES

  • पर्यटन मन्त्रीले थुनाएका सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्रीको आदेश

    काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण थुनामा परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनुभएको छ ।

    गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छायाँ सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबार पक्रेको थियो ।

    भीएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।


    सोमवार, भाद्र २० २०७९०४:५८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij