Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

भारतीय सेनाका प्रमुख पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

भारतीय सेनाका प्रमुख पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

  • सोमवार, भाद्र २० २०७९

  • 458
    SHARES

  • भारतीय सेनाका प्रमुख पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

    काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ३ बजे शीतल निवासमा पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने कार्यक्रम रहेको छ । त्यसलगत्तै राष्ट्रपति र भारतीय सेना प्रमुख पाण्डेबीच शिष्टाचार भेटवार्ता हुने राष्ट्रपति कार्यालयका प्रवक्ता उपसचिव सागर आचार्यले जानकारी दिनुभयो ।

    नेपाल–भारतका सेनाबीच विगत ७२ वर्षदेखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहेको छ । त्यसकै लागि सेना प्रमुख पाण्डे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा हिजो पाँच दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको हो ।

    शीतल निवासको औपचारिक कार्यक्रमभन्दा अघि पाण्डेलाई नेपाली सेनाले गार्डअफ अनरसँगै ब्रिफिङ गर्नेछ । प्रधानसेनापति शर्माले आज राति नै पाण्डेको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्नुहुनेछ ।

    भोलि भने भारतीय सेना प्रमुख पाण्डे माउन्टेन फ्लाइटमा नाम्चे जाने सम्भावना रहेको छ । पाण्डेले भोलि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । पाण्डेको मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।


    सोमवार, भाद्र २० २०७९०९:४२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij