Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना मेरो नेतृत्वमा भयोः माधव नेपाल

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना मेरो नेतृत्वमा भयोः माधव नेपाल

  • आइतवार, भाद्र १९ २०७९

  • 685
    SHARES

  • संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना मेरो नेतृत्वमा भयोः माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दावी गर्नुभएको छ ।

    आइतबार (आज) काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो ।

    गणतन्त्रको पक्षमा काँग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उहाँले बताउनुभयो ।

    अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरुले कहिल्यै पनि भुल्न नहुने पटक पटक दोहोर्‍याउनुभयो ।

    उहाँले भन्नुभयो, ‘२०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गर्‍यो । हामीले नै गणतन्त्र ल्याउनका लागि बुटबलबाट आन्दोलनको नेतृत्वका गरेका थियौं । धर्मेन्द्रजीले राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नु भयो । एउटा निर्वाचन क्षेत्रमा त जितेर देखाउनु पर्‍यो ।

    अध्यक्ष नेपालले निर्वाचनमा भाग लिई जितेर देखाउन पनि नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई चुनौती दिनुभएको छ । तर, चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बास्तोलाले नमिल्ने उहाँको भनाइ थियो । अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने धारणा समेत राख्नुभएको छ।


    आइतवार, भाद्र १९ २०७९०५:४८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij